भारतीय महिला राइडरलाई सांग्रिला डेभलपमेन्ट बैंकमा स्वागत

काठमाडौं । भारतीय महिला राइडरलाई सांग्रिला डेभलपमेन्ट बैंकले स्वागत गरेको छ ।

‘स्टप सेक्सुअल भ्वाइलेन्स’ नाराका साथ जनचेतना फैलाउने उद्देश्यका भारतबाट दुई महिला बाइक राइडर नेपाल आएका हुन् ।

उनीहरुलाई बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा स्वागत गरिएको बैंकले विज्ञप्ति मार्फत जनाएको छ ।

footwear zone

स्वागत कार्यक्रममा बैंकका अध्यक्ष उज्जल सत्याल, प्रमुख कार्याकारी अधिकृत सुयोग श्रेष्ठ र बैंकका संस्थापक शेयरधनी हेमन्त कुमार प्रसाद राम्रो उद्देश्य लिएर राइडरहरु नेपाल आएको भन्दै धन्यवाद ज्ञापन गरे ।

राइडरद्वय स्वाती आर र अनिता एम को नेपाल आएका हुन् ।

 

You might also like

Comments are closed.