काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पुन: सुयोग श्रेष्ठ नियुक्त भएका छन् ।
भदौ ५ गते बसेको संचालक समितिको २९८ औं बैैठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा ४ वर्षको लागि पुनः नियुक्त गरेको हो । भदौ १९ गतेदेखि उनको नयाँ कार्यकाल सुरु हुने बताइएको छ ।
बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३१ एटिएममार्फत सेपा प्रवाह गरिरहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।






Comments are closed.