डिम्याट खाता खोल्नेको संख्या झन्डै ५५ लाख पुग्यो

काठमाडौं । देशभर डिम्याट खाता खोल्नेको संख्या झन्डै ५५ लाख पुगेको छ । सीडीएससीको तथ्यांकअनुसार शुक्रबार बिहानसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८४ हजार २७३ र मेरो सेयर लिनेको संख्या ४५ लाख ७२ हजार ५६८ पुगेको छ।

पछिल्लो समय सेयर बजारप्रति मानिसहरुको आकर्षण बढ्दै गरेको छ । यससँगै देशभर सेयर बजारमा प्रवेश गर्नेको संख्या पनि बढ्दै गएको छ।

अहिले आईपीओ भर्दादेखि दोस्रो बजारमा कारोबार गर्दासम्म डिम्याट र मेरो सेयर अनिवार्य जस्तै भइसकेको छ। बजारमा लगानीकर्ताको संख्या बढ्दै गए पनि धेरैलाई दोस्रो बजारमा कसरी प्रवेश गर्ने भन्ने विषयमा भने पर्याप्त जानकारी छैन्।

footwear zone

प्राथमिकसँगै दोस्रो बजारमा पनि जुनसुकै उमेरका व्यक्तिले कारोबार गर्न पाउँछन्। नाबालिकको हकमा भने संरक्षकले कारोबार गर्न पाउँछन्। स–साना रकम पनि यो बजारमा लगानी गर्न मिल्ने भएकाले यसप्रति आमचासो बढेको हो ।

You might also like

Comments are closed.