युवा उद्यमी सौरभलाई प्रबल जनसेवा श्री

काठमाडौं । के एल दुगड ग्रुपका निर्देशक सौरभ दुगरलाई प्रबल जनसेवा श्री मानपदबीबाट बिभुसित गरिने घोषणा गरिएको छ । संविधान दिवसको अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपती विद्यादेवी भण्डारीबाट युवा उद्यमी तथा समाजसेवी सौरभ दुगरलाई उक्त सम्मानको घोषणा गरिएको हो ।

मुलुकमा युवा उद्यमशीलताको विकास, समग्र औद्योगिक व्यावसायिक क्षेत्रको विकासमा युवा उद्यमी सौरभ दुगडले महत्वपूर्ण कार्य गर्दै आएका छन् ।

युवा तथा जागरिला उद्यमी सौरभ दुगर सामाजिक सेवाका क्षेत्रमा पनि त्यत्तिकै सकृय छन् । समाज तथा समग्र औद्योगिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप सौरभ दुगरलाई सो मानपदबी प्रदान गरिने भएको कम्पनीले जनाएको छ ।

footwear zone

You might also like

Comments are closed.