आगलाागी हुँदा २५ वटा भेडाका पाठा जलेर नष्ट

खलङ्गा । जुम्लाको हिमा गाउँपालिका–२ स्थित भेडा गोठमा आगलाागी हुँदा २५ भेडाका पाठा जलेर नष्ट भएका छन् ।

स्थानीयवासी वीरबहादुर शाहीले सोमबार दिउँसो गोठमा आगलागी हुँदा ती पाठा सहित लत्ताकपडा र भाँडकुँडा जलेर नष्ट भएको जानकारी दिए ।

चार हजार मिटर उचाइमा रहेको सो गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकाया सहित १२ जनाका पाठा थिए ।

footwear zone

किसान रोकायाले नयाँ पाठा अनुदान दिन प्रदेश सरकार समक्ष माग समेत गरे ।

You might also like

Comments are closed.