शिखर इन्स्योरेन्स कम्पनीलाई न्यूबिज अवार्ड

काठमाडौ । शिखर इन्स्योरेन्स कम्पनीले न्युबिच अवार्ड पाएको छ । कम्पनीले न्यूबिज अवार्ड फर बेस्ट म्यानेज्ड निर्जीवन इन्स्योरेन्स कम्पनी अवार्ड २०२२ पाएको हो ।

नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीलाई न्यू बिजनेश एज प्रालिले सोमबार आयोजित सातौं न्यूबिज विजनेस कन्क्लेभ एण्ड अवार्डमा अन्तरगत बेस्ट म्यानेज निर्जिवन बीमा कम्पनी अवार्डको प्रथम विजेता घोषित गरेको हो ।

यो अवार्ड विभिन्न वित्तीय तथा गैर–वित्तीय मापदण्डहरूको आधारमा निर्धारण गरिएको र आयोजकहरूद्वारा नियुक्त निर्णायक मण्डलले निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले देशभर एक सय छ वटा शाखा कार्यालयहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहको छ ।

footwear zone

कम्पनीमा छ सय भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । कम्पनीले मौसमी सूचकांकमा आधारित कृषि बीमा, शतप्रतिशत नगदरहित स्वास्थ्य बीमा, मोटर अतिरिक्त लाभ बीमा, ढुक्क मनस्थिति बीमा जस्ता नविनतम बीमाको शुरुवात गरी नेपालमा बीमा क्षेत्रको विस्तार गर्न उल्लेखनिय योगदान पुर्याउँदै आइरहेको छ।

शिखरले २०७१, २०७३, २०७४, २०७६ सालमा न्यु विजनेस एज संस्थाबाट वेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।

You might also like

Comments are closed.