साइन रेसुङगा डेभलपमेन्ट बैंकको ७७औं शाखा पोखरामा

पोखरा । केन्द्रीय कार्यालय बुटवलमा रहेको साइन रेसुङगा डेभलपमेन्ट बैंकको ७७औं शाखा कार्यालय पोखराको न्युरोडमा खुलेको छ । मंगलबार नेपाल राष्ट्रबैंक पोखराका निर्देशक ईश्वरीप्रसाद भट्टराई शाखाको उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै भट्टराईले उत्पादनशील क्षेत्रमा बैंकहरुले लगानी गर्न सधैं प्रयत्न गर्नुपर्ने बताए । विद्युतीय भुक्तानी प्रणालीलाई अधिकतम प्राथमिकतामा दिएर सेवा प्रदान गर्नुपर्नेमा उनले जोड दिए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले ग्राहकको गुनासो नआउने गरी बैंकिङ सुविधा दिनुपर्ने धारणा राखे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले पोखरा तथा आसपासका क्षेत्रका ग्राहकलाई सहज हुने गरी शाखाबाट सेवा प्रदान हुने बताए । बैंकको चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ र जगेडा पुँजीसहित कुल पुँजी कोष ४ अर्ब रुपैयाँ छ । निक्षेप संकलन ३३ अर्ब ५० करोड रुपैयाँ र कर्जा लगानी ३० अर्ब ७० करोड रुपैयाँ रहेको पौडेलले जानकारी दिए ।

footwear zone

बैंकले ४ लाख ५० हजार भन्दा बढी ग्राहकलाई वित्तीय सेवा दिदै आइरहेको नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले जानकारी दिए । ‘संस्थागत सुशासन र ग्राहकमैत्री वातावरणलाई प्राथमिकतामा दिदै आएका छौं,’ उनले भने ।

You might also like

Comments are closed.