काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंको संस्थापक समूहको ३९ हजार ९९१ कित्ता सेयर लिलामी बिक्रीमा आएको छ।
बैंकको संस्थापक समूहको ३९ हजार ९९१ कित्ता सेयर लिलामी प्रक्रियामार्फत आजबाट बिक्रीमा आएको हो ।यो सेयरमा विद्यमान संस्थापक, इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्ने बैंकले जनाएको छ ।
बिक्रीमा आएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम २ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।बोलपत्र पेस गर्नको लागि भदौ ८ गतेसम्म अन्तिम मिति तोकिएको छ ।




Comments are closed.