पोखरा । कास्की २ मा लौरो अभियानबाट शिरिष गुरुङले उम्मेदवारी घोषणा गरेकी छन् । कास्की २ बाट यसअघि नै स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेकी गुरुङ लौरो अभियानबाट उम्मेदवार बन्ने भएकी हुन्।
काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा गुरुङलाई लौरो अभियानका तर्फबाट उम्मेदवार बनाउने घोषणा भएको हो। सामाजिक अभियानमा सक्रिय गुरुङले यसअघि जागौं पोखरा अभियानको नेतृत्व गर्दै ५१ दिने लामो शान्तिपूर्ण वार्तासमेत बसेकी थिइन्।
शिक्षण पेशमा आवद्ध गुरुङले देशले परिवर्तन चाहेको बेला युवाहरु जुट्नु पर्ने साथै नीतिगत तहमा पुग्नुपर्ने भएकाले आफ्नो उम्मेदवारी घोषणा गरेको बताइन् ।






Comments are closed.