निजी शिक्षण संस्थाले पूर्वाधारमा ध्यान दिनुपर्ने

चितवन l पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा यादवराज कोइरालाले समाज, मुलुक र विश्वविद्यालयलाई शक्ति प्रदान गर्नुपर्ने बताएका छन् । श्री मेडिकल एण्ड टेक्निकल कलेज भरतपुरको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले निजी शिक्षण संस्थाले पूर्वाधारमा पनि विशेष ध्यान दिनुपर्ने बताए ।

सो अवसरमा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा डा महेश्वर दाहाल, विश्वविद्यालयबाट सम्बन्धन पाएका निजी स्वास्थ्य शिक्षण संस्थाको छाता संस्था एशियाका अध्यक्ष यमप्रसाद अधिकारी, विश्वविद्यालयका डिन डा शैलेशमणि पोख्रेल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा निर्मल लामिछाने, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले शैक्षिक क्षेत्रमा सुधारका लागि अध्ययनसँगै अनुसन्धानमा पनि जोड दिनु पर्ने बताए ।

पाँचतले सो भवन झण्डै रु आठ करोडमा निर्माण गरिएको हो । विसं २०६४ मा स्थापना भएको कलेजमा हाल स्वास्थ्य सङ्कायमा प्रविणता प्रमाणपत्र तह र स्नातकको पठनपाठन हुँदै आएको छ ।

You might also like

Comments are closed.