काठमाडौं । शिवम् सिमेन्ट्स लि. ले हेटौंडा–१७, हटिया मकवानपुर स्थित लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा भरतपुर–१५, मंगलपुर चितवन स्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि स्कुल व्याग वितरण गरेको छ । शिवम् सिमेन्ट्स लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्कुल बस तथा स्कुलव्यागहरु वितरण गरेको हो ।
उद्योग तथा खानी क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विगतका वर्षहरुमा पनि विभिन्न शैक्षिक सामाग्रीहरुको वितरण, छात्रबृत्ती कोषको स्थापना तथा न्यानो कपडाहरु वितरण जस्ता कार्यहरु गर्दै आईरहेको छ ।
“विगतका दिनहरुमा पनि हामीले उद्योग संचालित क्षेत्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण, शैक्षिक छात्रबृत्तीहरु स्थापना तथा न्यानो कपडाहरु वितरण जस्ता कार्यहरु गर्दै आईरहेका थियौ यसै सिलशिलामा यसपटक हामीले लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पठनपाठन गर्न थप हौसला मिलोस भन्ने अभिप्रायले स्कुलव्यागहरु वितरण गरेका छौं” कम्पनी प्रतिनिधी बताँउछन ।

शिवम् सिमेन्ट्स लि. ले विगतका दिनहरुमा पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग क्षेत्रका विभिन्न विद्यालयहरुमा छात्रवृत्तीको स्थापना, न्यानो कपडा वितरण, स्कुलबस, स्वास्थ्य सिविर, विपन्न परिवारको लागि खाद्यान्न वितरण, Isolation Bed निर्माणको लागि आर्थिक सहयोग, डाईलेशिस मेसिन, अक्सीजन प्लान्टको निर्माण, एम्बुलेन्स हस्तान्तरण, सडक निर्माण, डिप ट्यूव बोरिङ, बृक्षारोपण आदी जस्ता कार्यहरु गर्दै आईरहकेको छ ।





Comments are closed.