पुराना जुत्ता कवाडीमा फाल्दै हुनुहुन्छ ? नफाल्नुहोस् दसैं तिहार अफरमा एक्स्चेन्ज गर्नुहोस्

काठमाडौं । के तपाईंले पुराना जुत्ताहरु कवाडीमा फाल्ने तयारी गरिरहनुभएको छ ? यदि जुत्ता पुरानो भएर फोहरसँगै फाल्ने तयारी गर्दै हुनुहुन्छ भने त्यस्तो गल्ती नगर्नुहोला । तपाईंको फाटेको पुरानो जुत्ता पनि एक्स्चेन्ज गर्न सकिनेछ, त्यो पनि उचित मूल्यसहित । काठमाडौंको पुतली सडकस्थित पद्मोदय मोडमा रहेका जुत्ता शोरुममा ‘दसैं तिहार अफर तथा एक्स्चेन्ज अफर’ सुरु भएको छ । सिंह दरबारतर्फबाट पद्मोदय मोडबाट फनपार्क जाने बाटोतर्फ केटिएम सुज, सम्राट सुज, स्मार्ट सुज र भेनस सुजको शोरुम छ । सोही शोरुममा दसैं, तिहार तथा छठसम्म लागु हुने गरी एक्स्चेन्जसहितको मेला सुरु भएको हो ।

पुरानो जस्तोसुकै जुत्तालाई पनि ५ सय रुपैयाँ मूल्यांकन गरिने सञ्चालक प्रमोद महतोले जानकारी दिए । साथै अफर अन्तर्गत हरेक जुत्ता चप्पल खरिदमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । कम्पनीले एक्स्चेन्ज अफरको आठौं संस्करणको मेला आयोजना गरेको हो । यस अगाडिका मेलाहरुमा ग्राहकको आकर्षण देखिएको र धेरै पुराना जुत्ताहरु एक्स्चेन्ज भएको महतोले जानकारी दिए । ‘यस वर्ष पनि मेलामा ग्राहकको उत्साहजनक उपस्थिति रहनेमा हामी विश्वस्त छौं,’ उनले भने ।

दसैं तिहारलाई लक्षित गरी शोरुममा चार वटा ब्राण्डका ५ सय भन्दा बढी नयाँ डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध रहेको स्मार्ट सुजका सञ्चालक जीवन श्रेष्ठले जानकारी दिए । ‘२ हजार भन्दा बढी मोडेलका जुत्ता चप्पल उपलब्ध छन्,’ उनले भने । पार्टी, अफिस, कलेज, स्पोर्टस, क्याजुअल, लोफर, क्व्याटर, फुल लगायतका जुत्ताहरु शोरुममा उपलब्ध छन् । ‘आधुनिक डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध छन्,’ उनले भने, ‘एक्स्चेन्ज अफर तथा विशेष छुटसहितको मेलाबाट धेरै ग्राहक लाभान्वित हुनेमा हामी विश्वस्त छौं ।’

footwear zone

पद्मोदय मोडमा स्थायी शोरुम भएकाले ग्राहकले वर्षभरी नै जुत्ता चप्पलको सेवा लिन सक्ने श्रेष्ठले बताए ।

 

You might also like

Comments are closed.