सुज प्यालेस चाबहिलमा जुत्ता चप्पल खरिदमा चाडपर्व लक्षित विशेष छुट अफर

काठमाडौं । चाबहिलमा रहेको जुत्ता चप्पलहरुको शोरुम ‘सुज प्यालेस’ले चाडपर्व लक्षित विशेष छुट अफर ल्याएको छ । शोरुमले नेपाली लोकप्रिय ब्राण्डका नयाँ नयाँ जुत्ता चप्पलमा विशेष छुटको व्यवस्था गरेको छ । शोरुममा १० देखि ५० प्रतिशतसम्मको छुटमा जुत्ता चप्पल खरिद गर्न सकिने बताइएको छ ।

ग्राहकको सुविधालाई मध्यनजर गर्दै विशेष छुट उपलब्ध रहेको सञ्चालक लक्ष्मी अधिकारीले जानकारी दिइन् । यो योजना दसैंसम्म नै लागु हुनेछ । शोरुममा लेडिज, जेन्स सुज, बेबी सुज, स्कुल, कलेज तथा स्पोर्टस सुजलगायत सबै उमेरका लागि मिल्ने जुत्ता चप्पल उपलब्ध छ ।

सुज प्यालेस चाबहिल चोकबाट सय मिटर चुच्चेपाटीतर्फ टिफिन होमको अगाडि (शान्ति गोरेटोचोक)मा रहेको छ । गुणस्तरीय र धेरै भेराइटीका जुत्ता चप्पलका लागि सुज प्यालेस उक्त क्षेत्रमा लोकप्रिय रहेको सञ्चालक अधिकारीले बताइन् । गुणस्तरीय कच्चा पदार्थको प्रयोग र फेसनअनुसारको उत्पादनले देशभरको बजारमा रन सुज लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ ।

footwear zone

You might also like

Comments are closed.