सुज प्यालेस चाबहिलमा स्पोर्टस सुज र पार्टी सुजमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । चाबहिलमा रहेको जुत्ता चप्पलहरुको शोरुम ‘सुज प्यालेस’ले स्पोर्टस सुज, पार्टी सुजमा ५० प्रतिशतसम्म छुट अफर ल्याएको छ ।

कम्पनीले विवाहको सिजनलाई मध्यनजर गर्दै छुट ल्याइएको जनाइएको छ ।साथै शोरुमले नेपाली लोकप्रिय ब्राण्ड रन सुजका नयाँ नयाँ जुत्ता चप्पलमा विशेष छुटको व्यवस्था पनि गरेको कम्पनीले जनाएको छ।

ग्राहकको सुविधालाई मध्यनजर गर्दै विशेष छुट उपलब्ध रहेको सञ्चालक लक्ष्मी अधिकारीले जानकारी दिइन्। शोरुममा लेडिज, जेन्स सुज, बेबी सुज, स्कुल, कलेज तथा स्पोर्टस सुजलगायत सबै उमेरका लागि मिल्ने जुत्ता चप्पल उपलब्ध छ।

footwear zone

गुणस्तरीय कच्चा पदार्थको प्रयोग र फेसनअनुसारको उत्पादनले देशभरको बजारमा रन सुज लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ। सुज प्यालेस चाबहिल चोकबाट सय मिटर चुच्चेपाटीतर्फ टिफिन होमको अगाडि (शान्ति गोरेटोचोक) मा रहेको छ।

गुणस्तरीय र धेरै भेराइटीका जुत्ता चप्पलका लागि सुज प्यालेस उक्त क्षेत्रमा लोकप्रिय रहेको सञ्चालक अधिकारीले बताइन् ।

You might also like

Comments are closed.