सुज प्यालेस चाबहिलले ल्यायो स्पोर्टस सुजमा ३० र पार्टी सुजमा ४० प्रतिशत छुट अफर

काठमाडौं । चाबहिलमा रहेको जुत्ता चप्पलहरुको शोरुम ‘सुज प्यालेस’ले स्पोर्टस सुजमा ३० र पार्टी सुजमा ४० प्रतिशतसम्मको छुट अफर ल्याएको छ ।

जोडो र विवाहको सिजनलाई मध्यनजर गर्दै शोरुमले विशेष छुट अफर ल्याएको सञ्चालक लक्ष्मी अधिकारीले जानकारी दिइन् । साथै शोरुमले नेपाली लोकप्रिय ब्राण्ड रन सुजका नयाँ-नयाँ जुत्ता चप्पलमा विशेष छुटको व्यवस्था पनि गरेको कम्पनीले जनाएको छ।

ग्राहकको सुविधालाई मध्यनजर गर्दै विशेष छुट उपलब्ध रहेको सञ्चालक अधिकारीले जानकारी दिइन् । शोरुममा लेडिज, जेन्स सुज, बेबी सुज, स्कुल, कलेज तथा स्पोर्टस सुजलगायत सबै उमेरका लागि मिल्ने जुत्ता चप्पल उपलब्ध छ ।

footwear zone

गुणस्तरीय कच्चा पदार्थको प्रयोग र फेसनअनुसारको उत्पादनले देशभरको बजारमा रन सुज लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ । सुज प्यालेस चाबहिल चोकबाट सय मिटर चुच्चेपाटीतर्फ टिफिन होमको अगाडि (शान्ति गोरेटोचोक) मा रहेको छ।

गुणस्तरीय र धेरै भेराइटीका जुत्ता चप्पलका लागि सुज प्यालेस उक्त क्षेत्रमा लोकप्रिय रहेको सञ्चालक अधिकारीले बताइन् ।

सुज प्यालेसको सम्पर्क नं.9748296779 रहेको छ ।

You might also like

Comments are closed.