कृषि र पर्यटन अबको आवश्यकता : श्रमिक जि.सी.

पाेखरा । कृषि र पर्यटनको आ–आफ्नै महत्व छ । दुबैलाई एकै ठाउँमा समन्वय गरेर विकास गर्ने हो भने, गाउँघरमा कृषि र पर्यटन दुबैको विकास हुन्छ । तर यस्तो योजना पर्यटनको क्षेत्रमा हालसम्म बनेको छैन भन्दा फरक नपर्ला । कृषि र पर्यटन दुबैलाई समन्वय गरेर विकासको योजना बनाउँदा ग्रामीण क्षेत्रमा पर्यटनको विकास हुन्छ । गाउँमा कृषिलाई पर्यटनसँग जोडेर उत्पादन गर्ने हो भने आय–आर्जन बढ्छ । गाउँमै रोजगारीका अवसरहरु सिर्जना हुन्छन् र गाउँमा पनि पर्यटनको विकास हुन्छ ।

तर, पछिल्लो समय कृषि पेशामा लागेका कृषकहरुले कृषि पेशामा रुचि राख्नै छाड्न थालेका छन् । जमिनमा स्वामित्व हुनेहरु खेती गरेर लगानी नउठ्ने देखेर खेती गर्न छोडेका छन् भने जमिन नहुनेहरुले पनि खेती गर्नु भन्दा अन्य काम गर्न थालेका छन् । यसको मूख्य कारण हो, कृषकले लगानीअनुसारको प्रतिफल नपाउनु । बजार मूल्य, बाटोको समस्या, समयमा मल, विउविजन नपाउनुलगायतका कारणले किसानको लागत बढी हुन्छ, प्रतिफल कम । गाउँघरमा बेच्ने बजार छैन तर किन्ने बजार छ ।

सरकारले कृषि अनुदान वितरण गर्छ । तर, त्यो अनुदान वास्तविक किसानले पाउदैन । गैह्र किसानको हातमा पर्न जान्छ । सरकारले किसानलाई अनुदानमा ट्रयाक्टर अथवा अन्य केही औजार दिने कार्यक्रम भयो भने पहुँचको भरमा अन्यले पाउछन् । त्यो वास्तविक किसानले पाउन सक्दैनन् । अनि कसरी कृषिमा पर्यटनको विकास हुन सक्छ ?

footwear zone

वर्षौंदेखि दिन रात खटेर कृषि व्यवसाय सञ्चालन गर्ने कृषकहरुले किन अनुदानको रकम पाउन सकेनन् ? यसको तथ्यांक लिने हो भने सबै निराश बन्नुपर्ने अवस्था आउँछ । त्यसैले पनि बेरोजगार युवाहरु कृषि पेशामा रुचि राख्दैनन् । कृषिप्रति युवाहरुको रुचि घट्दो छ ।

भन्नलाई त नेपाल कृषिप्रधान देश हो तर, हामीले हरेक कुराहरु बाहिरी मुलुकबाट आएका खाइरहेका छौं । आफैले उब्जाउन सक्ने वस्तुका लागि पनि हामी परनिर्भर बन्दै गएका छौं । हामीसँग प्रसस्त मात्रामा खेतीयोग्य जमिन छ, जुन बाँझो छ । खाद्यान्नमा परनिर्भरता छ तर गाउँघरमा युवा वेरोजगार छन् । यस्तो अवस्थामा हामी कृषि पर्यटन भनिराखेका छौं । जबसम्म कृषिमा उत्पादन बढाउन सक्दैनौं, कृषि पर्यटनको विकास हुँदैन । त्यसका लागि अब हामीले कृषि उत्पादनलाई बढवा दिइ कृषि पर्यटनको विकासलाई बढाउनु पर्छ ।

हुन त कृषि पर्यटनको विकास बोल्दैमा हुने पनि होइन । कृषि पर्यटनका लागि आवश्यक नीति, योजना, कार्यक्रम, रणनीति र भौतिक एवं मानवीय पूँजीको प्रवर्द्धन पनि गर्नुपर्दछ । त्यसैले अब सबै स्थानीय तहले आ-आफ्नो ठाउँमा के खेती गर्दा राम्रो उत्पादन हुन्छ । त्यसतर्फ ध्यान दिनुपर्छ ।

हामीले पकेट एरिया बनाएर खेती गर्न सक्यौ भने गाउँमा पर्यटकहरु पुग्छन् । कृषकले लगाएको खेती पर्यटकहरुले अवलोकन गर्ने मात्र होइन आवश्यक परेको वस्तु खरिद गर्दछन् । गाउँघरमा पर्यटकहरुलाई आकर्षण गराउने माध्यम भनेको कृषि पर्यटन हो । ग्रामीण विकासको आधार पनि कृषि पर्यटन हो । कृषि पर्यटनले एकातिर कृषकलाई खाद्यान्न उत्पादन र पशुपालनमा आकर्षित गर्दछ भने अर्कोतर्फ ग्रामीण पर्यटकलाई कृषि प्रणाली र ग्रामीण जीवनशैलीको बारेमा अध्ययन अनुसन्धानमा सहयोग पुर्‍याउँछ ।

कृषिलाई आधुनिकीकरण गर्न सक्ने हो भने, अवश्य पनि कृषि पर्यटनको पनि विकास हुन्छ । तसर्थ, अबको मेरो पहिलो प्राथमिकता कृषि र पर्यटनको विकास हुनेछ । यही पवित्र भावनाले मैले कास्की क्षेत्र नं. २ ‘२’ बाट प्रदेश सभा सदस्यका लागि ‘लालटीन’ चुनाव चिह्न लिएर चुनावमा होमिएकी छु । सबै युवाको सहयोग भएमा जित्नेछु र युवाको लागि केही नयाँ काम गरेर देशको शिर उचो राख्नेछु भन्नेमा विश्वस्त छु ।

You might also like

Comments are closed.