जनतामा स्वतन्त्र उम्मेदवारको क्रेज बढ्दो, भन्छन्- ‘अबको हाम्रो भोट स्वतन्त्रलाई’

पोखरा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै दलका नेता तथा उम्मेदवारहरु यतिबेला चुनावी कार्यक्रम तथा मतदातासँगको घरदैलो कार्यक्रममा व्यस्त छन् । निर्वाचन आउन अब मात्र ६ दिन बाँकी छ ।

आम निर्वाचनको मिति सरकारले मंसिर ४ गतेका लागि तय गरेको छ । चुनावकै सन्दर्भमा कास्की क्षेत्र नं. २ (२) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएकी स्वतन्त्र उम्मेदवार श्रमिक जि.सी.ले आफ्नो सक्रियतालाई बढाएकी छन् । ‘लालटीन’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएकी स्वतन्त्र उम्मेदवार जि.सी यतिबेला पोखरेली जनताका घरदेखि खेतबारीसम्म रमाइरहेकी देखिन्छन् ।

footwear zone

आइतबार पोखरा वडा नं. ११ को काहुँमा घरदैलो गरेकी जि.सी.लाई त्यहाँका जनताले पनि अबको रोजाइ स्वतन्त्र उम्मेदवार नै रहेको बताएका छन् । अब स्वतन्त्र युवा उम्मेदवारले नै देशलाई विकासको बाटोमा डोर्‍याउने बताएका छन् ।

विकासको प्रतिक्षामा रहेका त्यहाँका जनताले वर्षौ विभिन्न दलका नेताहरुलाई जिताएर पठाए पनि आफूले विकासको आभाससमेत गर्न नपाएको गुनासो गरेका छन् । त्यहाँका जनतालाई पनि प्रमख समस्या बाटोको छ । बाटोको समस्याकै कारण त्यहाँका जनताले कृषि उब्जनीसमेत बजारसम्म पुर्‍याउन सकिरहेका छैनन् । आयस्रोतको प्रमुख माध्यम नै कृषिलाई मानेका त्यहाँका जनता बाटोको समस्याका कारण थप मारमा छन् ।

विकासको प्रतिक्षामा वर्षौ जिताएर पठाएका नेताले बजेट परेको ठाउँसम्म पनि बाटो पूरा नगरी आधाअधुरै छोडेको त्यहाँका जनताको भनाई छ । त्यस क्षेत्रका धेरै भित्री सडकहरु अझै बन्न बाँकी रहेका छन् । बाटोकै समस्याका कारण कतिपय भित्री सडकहरु समेत जनताले आफैं बनाएका उदाहरण पनि नभएका होइनन् ।

एकपटक विश्वास गरि आफूलाई चुनाव जिताए यस क्षेत्रका जनताको हरेक समस्याको समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता रहने जि.सी.ले प्रतिबद्धता जनाएकी छन् । नेताहरुले विकासकै लागि आएको बजेट पनि कार्यान्वयन नगर्ने, विकास निर्माणका कार्यहरु अधुरै छाड्नेलगायतका कारण उल्टै समस्या भोग्नु परेको बताउँदै त्यहाँका जनताले अब देश परिवर्तन गर्ने जिम्मेवारी स्वतन्त्र तथा युवा उम्मेदवारमा आएको प्रतिक्रिया दिइरहेका छन् ।

जि.सी.ले आफू निस्वार्थ भावले जनताको सेवाका लागि चुनावी मैदानमा होमिएको बताउँदै यस क्षेत्रका जनताले एकपटक सेवा गर्ने अवसर दिनेमा आशावादी रहेको बताइन् । विभिन्न दलका नेताहरुले भोटकै लागि ठाउँठाउँमा पैसा बाँड्ने र भोट किन्ने प्रवृत्ति बढेकाले यसलाई तत्काल रोक्न आवश्यक रहेको जि.सी.को भनाई छ ।

You might also like

Comments are closed.