काठमाडौं । श्री एस.टि.सि. ग्रुपले वागमती प्रदेश सरकारलाई अक्सिजन सिलिण्डर तथा सिलिण्डर रेगुलेटर सहयोग गरेको छ । शनिबार मुख्यमन्त्री डोरमणि पौडेललाई ग्रुपका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेती र निर्देशक कृष्णप्रसाद दुलाल लगायतको उपस्थितिमा २ सय थान अक्सिजन सिलिण्डर तथा सिलिण्डर रेगुलेटर सहयोग हस्तान्तरण गरिएको हो ।
कोरोना महामारीको विषम समयमा राज्यलाई सहयोग गर्न पाउँदा खुसी लागेको प्रवन्ध निर्देशक उप्रेतीले बताए । ‘देशलाई परेको स्वास्थ्य संकटको अवस्थामा नागरिक सुरक्षाका लागि श्री एस.टि.सि. ग्रुप सरकारसँग हातेमालो गर्न सधैं तयार छ,’ उनले भने, ‘कोरोना जोखिमको विषम परिस्थितिमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आवश्यक छ ।’
उक्त अवसरमा बोल्दै मुख्यमन्त्री पौडेलले कोभिड संक्रमित बिरामीको उपचार व्यवस्थापनका लागि सहयोग पुग्ने गरी अक्सिजन सिलिण्डर र सिलिण्डर रेगुलेटर प्रदान गरेकामा श्री एस.टि.सि. ग्रुपलाई धन्यवाद ज्ञापन गरे ।

एस.टि.सि. ग्रुप अटोमोबाइलका विभिन्न ब्राण्डका स्पेयर्स पार्टस, टायर, ल्युब तथा ब्याट्रीको आधिकारिक बिक्रेता एवं उत्पादक कम्पनी हो । सामाजिक उत्तरदायित्व बहन गर्दै ग्रुपले समय समयमा सहयोगका कार्यक्रम गर्दै आइरहेको छ ।





Comments are closed.