श्रीद्धि इन्टरनेशनल हस्पिटलमा ‘वेलनेस प्याकेज’, सहुलियत दरमा उपचार सुविधा

काठमाडौं । श्रीद्धि इन्टरनेशनल हस्पिटल प्रालिले ‘वेलनेस प्याकेज’ ल्याएको छ । सहुलियत दरमा उपचार गर्ने गरी हस्पिटलले यो प्याकेज ल्याएको प्रवन्ध निर्देशक एवं संस्थापक अध्यक्ष गिर्वाणराज तिमिल्सिनाले जानकारी दिए ।

विशेष वेलनेश प्याकेज अन्तर्गत ११ प्रकारका प्याकेजहरु हस्पिटलले सार्वजनिक गरेको छ । एक्ज्युकेटिभ वेलनेश प्याकेज र पोष्ट कोभिड स्क्रिनिङ हेल्थ प्याकेजलाई विशेष गरी रुचाइएको हस्पिटलले जनाएको छ ।

साथै विश्वभर प्रचलित गुणस्तरीय खोपहरु पनि विशेष सहुलियत मूल्यमा बिक्री भइरहेको हस्पिटलले जनाएको छ । सबै प्रकारका रोगको परीक्षण तथा उपचारका लागि अस्पतालमा ‘वेलनेस’ विभाग नै स्थापना गरिएको छ ।

footwear zone

काठमाडौंको लाजिम्पाटमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सेवा सुविधासहित श्रीद्धि इन्टरनेशनल हस्पिटल प्रा.लि. सञ्चालनमा आएको हो । विशेष गरी ट्राभल इन्स्योरेन्ससहित नेपाल घुम्न आएका पर्यटकको स्वास्थ्य सेवा तथा उपचारलाई प्राथमिकतामा राख्दै हस्पिटल सञ्चालनमा ल्याइएको हो ।

श्रीद्धि इन्टरनेशनल हस्पिटल २५ बेड क्षमता छ । हस्पिटलमा २४सैं घन्टा सुविधासम्पन्न इमर्जेन्सी सेवा, आइसियु, एचडियु, कम्प्युटराइज एक्स–रे, फार्मेसी एवं डिलक्स बेड लगायतका सुविधा छन् । बजारको मध्य भागमा रहेर पनि हरियाली तथा शान्त वातावरणमा सञ्चालित हस्पिटलमा आफ्नै क्याफ्टेरिया तथा प्रयाप्त पार्किङको सुविधा पनि उपलब्ध छ ।

You might also like

Comments are closed.