काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंहले मतदान गरकी छन् ।
नेपाली कांग्रेसका उम्मेदवार उनले कामपा-१६ पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेकी हुन् ।
मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले काठमाडौँको फोहरमैला व्यवस्थापन, ट्राफिक जाम हटाउने र सुरक्षित सहर बनाउने आफ्नो प्रतिबद्धता रहेको बताए ।

कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि सोही मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले लोकतन्त्रलाई सुदृढ बनाउन निर्वाचन महत्वपूर्ण भएकाले आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताई आग्रह गरे ।
उनले भने,“ गठबन्धन देशको आवश्यकता हो ।”




Comments are closed.