एसआई युके कन्सल्टेन्सी पोखरा शाखाले मनायो पहिलो वार्षिकोत्सव

पोखरा । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको एसआई युके कन्सल्टेन्सी पोखरा शाखाले पहिलो वार्षिकोत्सव मनाएको छ । आइतबार पोखरा कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।

वार्षिकोत्सवको अवसरमा शाखा प्रमुख सागरबाबु गिरीले विद्यार्थी, अभिभावक, शुभचिन्तक लगायत सम्पूर्णमा आभार तथा शुभकामना व्यक्त गरेका छन् ।

कन्सल्टेन्सीले अष्ट्रेलिया, युके, क्यानडा, युएसए, आइरल्याण्डमा जाने चाहने विद्यार्थीलाई परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको गिरीले जानकारी दिए ।

footwear zone

‘शाखा स्थापनाको एक वर्षमा धेरै विद्यार्थीबाट माया पाएका छौं,’ उनले भने ।

You might also like

Comments are closed.