काठमाडौं । सिद्धार्थ बैंकले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत जोन्टा कलब अफ काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । ४ लाख ९७ हजार २ सय रुपैयाँ बराबरको चेक बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडँेलले क्लबका अध्यक्ष सीमा गोल्छालाई हस्तान्तरण गरेका हुन् ।
क्लबलाई हस्तान्तरण गरिएको बताइएको छ । उक्त कोषलाई जोन्टा अभियानको घरेलु हिंसामा जागरूकता फैलाउनको लागी प्रयोग गरिने क्लबका अध्यक्ष सीमा गोल्छाले बताइन् ।

जोन्टा काठमाडौंले हिंसा पीडित रहेका चेली र महिलाहरुलाई सहयोग गर्न विभिन्न साझेदारहरु संग काम गरिरहेको छ र ललितपुर महानगरीय पुलिस १०० हेल्पलाइन संग पनि सहकार्य गरेको छ । २००२ मा स्थापित सिद्धार्थ बैंक लिमिटेड बैँकिंङ र रेमिट्यान्स सेवाहरु प्रदान गर्ने नेपालको सबैभन्दा ठूलो निजी वाणिज्य बैंकहरु मध्यको एक हो । बैंकको देश भरीमा १८० वटा भन्दा बढी शाखाहरु छन् र यसको प्रधान कार्यालय काठमाडौंमा अवस्थित छ ।




Comments are closed.