सिद्धार्थ बैंकले पायो ‘एक्सिलेन्स इन प्रिपेड कार्डस् विजनेश २०२२’ अवार्ड

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ‘एक्सिलेन्स इन प्रिपेड कार्डस् विजनेश २०२२’ अवार्ड प्राप्त गरेको छ । भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ- पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंकले एक्सिलेन्स इन प्रिपेड कार्डस् विजनेश २०२२’अवार्ड प्राप्त गरेको हो ।

भिसा अन्तर्गत रहेका नेपालका बैंकहरु मध्ये प्रिपेड कार्ड व्यवसायमा उत्कृष्ट अभिवृद्धि र उपलब्धि हासिल गरेको आधारमा बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको बैंकको भनाई छ ।

आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरुमा अझ उच्चस्तरिय सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको बताउदैँ बैंकले अटुट सहयोगका लागि सम्पूर्ण ग्राहकहरू, सरोकारवालाहरू र शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त समेत गरेको छ ।

footwear zone

यसअघि पनि सिद्धार्थ बैंकलाई भिसाले ग्राहकको आवश्यकता अनुसार नयाँ आइडियालाई अवलम्बन गरी कार्ड सेवालाई अझँ प्रभावकारी बनाएको आधारमा एक्सिलेन्स इन ड्राइभिङ्ग इनोभेसन अवार्ड बाट सम्मानित गरेको थियो ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले हाल देशभर १९० वटा शाखा, ४ एक्स्टेन्सन् काउन्टर, ११७ शाखारहित बैंकिङ सेवा, १७ सय भन्दा बढी पिओएस् मेसिन र २० हजार भन्दा बढी क्यूआर मर्चेन्ट मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

You might also like

Comments are closed.