काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आज काठमाडौंस्थित न्युरोड गेटमा र ललितपुरस्थित भैँसेपाटी तथा लुभुमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ।
बैंकले यस क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पुर्याउने उद्देश्यले ती शाखाहरु सञ्चालनमा ल्याएको हो। योसँगै सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या (४ एक्सटेन्सन काउन्टरसहित) १९३ पुगेको छ।
सजिलो बैंकिङ सेवा (शाखारहित बैंकिङ), एटीएम, पीओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंकको वेबसाइटमा रहेको इजीबैंक पोर्टलमार्फत बचत, मुद्दति र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, ४५० भन्दा बढि व्यावसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको यूएनओ क्रेडिट कार्डजस्ता सेवामार्फत बैंकले उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।




Comments are closed.