काठमाडौं । सिद्धार्थ ग्रुपले हस्पिटालिटी व्यवसाय सुरु गरेको २२ वर्ष पुरा भएकोे छ । २३औं वर्ष प्रवेशको अवसरमा शुक्रबार संस्थाले सामाजिक कार्य गरी वार्षिकोत्सव मनाएको छ । माइती नेपालका बालबालिका र देशैभरका शाखाबाट ग्राहकलाई केक खुवाएर स्वागत गर्नुका साथै विभिन्न ठाउँमा रक्तदान, अपाङ्गता भएका असहायलाई खाद्य सामग्री प्रदान, विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, नगर सरसफाई लगायतका विभिन्न रचनात्मक कार्य गरी वार्षिक उत्सव मनाइएको संस्थाले जनाएको छ ।
माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाबाट वृक्षरोपण गरी उनकै हातबाट केक काटेर वार्षिक उत्सवको शुभारम्भ गरिएको थियो । सिद्धार्थ बिजनेश ग्रुपले माइती नेपालले चलाउँदै आएको घरेलु हिँसा र मानव बेचबिखन रोकथामको अभियानमा सहकार्य गर्ने र उद्धार गरिएका पीडितलाइ रोजगारीको अवसरमा प्राथमिकता दिने निर्णय भएको कम्पनीका अध्यक्ष लक्ष्मण न्यौपाने जानकारी दिए ।
कैलालीको टीकापुरबाट २०५४ माघ २३ देखि सानो नास्ता पसलबाट हपिस्टालिटी ब्यबसाय सुरु गरेको सिद्धार्थ गु्रपले पश्चिम महेन्द्रनगर देखि झापाको बिर्तामोडसम्म आफ्नो सेवा बिस्तार गरेको छ ।

महेन्द्रनगर, कैलाली टीकापुर, कर्णाली चिसापानी, नेपालगन्ज, सुर्खेत, बुटबल, चितबनको चुम्लिङटार र काठमान्डौको विभिन्न स्थानमा रेष्टुरेन्ट, होटेल, क्याफे, हस्पिटालिटी इष्ट्रिच्युट, हस्पिटालिटी ट्रेड, आइटी कम्पनी, ट्राभल र गुल्मीमा कृषि फार्म गरी २५ वटा शाखाहरु छन् ।

सिद्धार्थ ग्रुपले आफ्नो सेवा बिस्तारकै क्रममा केही दिन अघि मात्र काठमाडौं बौद्धमा चार तारे स्तरको बुटिक होटल र हेटौंडामा तीन तारे स्तरको होटल सञ्चालनमा ल्याएको छ । भैरहवामा पाँच तारे होटल र इलामको कन्याम, कपिलवस्तुको चन्द्रौटा, जुम्लामा रिसोर्ट छिटै सन्चालनमा आउने योजनामा कम्पनी छ । अन्य विभिन्न ठाउँमा समेत आफ्नो सेवा बिस्तार गर्ने योजना रहेको कम्पनीका कार्यकारी अधिकृत कृष्ण न्यौपाने बताए ।

वार्षिक उत्सवको अबसरमा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी छुटको अफर ल्याएको छ । माघ २३ गतेदेखि माघ मसान्तसम्म आफ्नै मोबाइल एपको माध्यमबाट अडर गर्दा अफरमा एक परिकार किन्दा अर्को फ्रि उपलब्ध गराउने कम्पनीले जनाएको छ । साथै सम्पूर्ण फुडमा १५ प्रतिशत छुट दिने र रिवाडको समेत व्यवस्था मिलाइएको छ । यो सुविधा सबै शाखाहरुमा लागु हुनेछ । वार्षिकोत्सवको अबसरमा ग्रुपले आफ्ना शाखाहरुबाट थप गुणस्तरीय सेवाहरु प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
र यो पनि
सिद्धार्थ बिजनेश ग्रुप २३औं वर्षमा प्रवेश







Comments are closed.