पोखराको मोहरिया टोलमा चाँदी मेला जारी

पोखरा । पोखराको मोहरिया टोलमा आयोजना गरिएको ‘दसैं र तिहारको बेलामा चाँदी मेला २०७९’ जारी छ ।

असोज ९ गतेबाट सुरु भएको मेला असोज १४ गतेसम्म चल्ने प्रालिका सञ्चालक सञ्जीव गुभाजूले जानकारी दिए ।कञ्चन क्यापिटल प्रा.लि.को प्रस्तुति एवं कञ्चन सिल्भर प्रालिको आयोजनामा मेला सञ्चालन गरिएको हो ।

मेलामा ग्राहकले चाँदीका करुवा, थाली, कचौँरा, दियो जस्ता विभिन्न चाँदीका सामान बनाउदा ज्यालामा ३० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन् ।

footwear zone

मेलामा कञ्चन पिएम. ज्वेलर्स प्रा.लि., कञ्चन आभूषण प्रा.लि., कुस कञ्चन ज्वेलरी प्रा.लि., बुद्धाचार्य आभूषण प्रा.लि., पञ्चरत्न आभूषण प्रा.लि., कञ्चन ज्वेलर्स प्रा.लि. बज्राचार्य आभूषण सेन्टर प्रा.लि., कञ्चन डिपाटमेन्टल स्टोर्स प्रा.लि. लगायतका व्यावसायिक स्थाहरुको आबद्धतामा मेला सञ्चालन गरिएको छ ।मेलामा ग्राहकको आकर्षण देखिएको आयोजकको भनाइ छ ।

 

 

 

You might also like

Comments are closed.