पोखरा । पोखरा उद्योग वाणिज्य संघ र फर्निचर तथा फर्निसिङ व्यवसायी संघले लेखनाथको शिशुवामा रहेको कोभिड अस्पताललाई १५ वडा बिरामी सुत्ने बेड प्रदान गरेका छन् ।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघका केन्द्रीय अध्यक्ष युवराज पौडेलले अस्पतालका प्रमुख डाक्टर प्रतिमा कोइरालालाई ती खाट हस्तान्तरण गरेका हुन् । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष बलराम आचार्य, संघका कार्यसमिति सदस्य तथा फर्निचर तथा फर्निसिङ व्यवसायी संघ पोखराका पूर्वअध्यक्ष हिरामणि पण्डित, पोखरा च्याम्बर्सका उपाध्यक्ष ज्ञानबहादुर नेपाली, पोखरा महानगर वडा नम्बर २७ का अध्यक्ष पूर्णबहादुर गुरुङ, ३० का वडाध्यक्ष श्रीराम पोखरेल, महानगर स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा लगायत उपस्थित थिए ।

कोभिड संक्रमित बिरामीका आफन्तका कुरुवाहरुको समस्यालाई मध्यनजर राख्दै अस्पताललाई ती बेडहरु प्रदान गरिएको पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष बलराम आचार्यले जानकारी दिए । कोभिड महामारीकै बेला पोखरा महानगरले लायन्स क्लबसँगको सहकार्यमा सो अस्पताल निर्माण गरेको हो ।




Comments are closed.