काठमाडौं । डा. सन्दिप श्रेष्ठका ९ महिनाकी छोरी सियोना श्रेष्ठलाई लायन्स क्लब अफ पोखरा डायमण्ड भिलेजले सहयोग गरेको छ ।
स्पाइनल मस्कुलर एट्रोफी नामक रोगका बिमारी सियोना श्रेष्ठलाई क्लबले उपचारार्थ सहयोग पुर्याउने उद्देश्यले ३३ हजार ६ सय ५० रुपैयाँ सहयोग गरेको क्लबका अध्यक्ष लक्ष्मी कोइरालाले जानकारी दिइन् ।
सियोनाको उपचार २ वर्षभित्र गरिसक्नुपर्छ । १ वर्ष भएपछि उपचार सुरु गरिसक्नुपर्नेछ । यस रोगको उपचार नेपालमा सम्भव नहुने र अमेरिका लगी उपचार गर्नुपर्ने भएकाले धेरै खर्च लाग्ने बताइएको छ । उनको उपचारका लागि परिवारबाट सहयोगको आह्वान गरिएको छ ।

क्लबका सदस्य ममता गुरुङको संयोजकत्वमा सहयोग संकलन गरी सियोनाको खातामा जम्मा गरिएको छ ।




Comments are closed.