एघारौँ राष्ट्रव्यापी साउथवेष्टन विज्ञान प्रदर्शनी तथा करियर म्यानेजमेन्ट कार्यक्रम सम्पन्न

काठमाडौं । बिहीबारदेखि सुरु भएको एघारौँ राष्ट्रव्यापी साउथवेस्टर्न विज्ञान प्रदर्शनी तथा करियर म्यानेजमेन्ट कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौंको बसुन्धरास्थित साउथवेस्टर्न स्टेट कलेज प्राङ्गणमा बिहीबारदेखि सुरु भएको प्रर्दशनीको आज समापन गरिएको हो। प्रर्दशनीको बिहीबार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गरेका थिए ।

दुई दिन चलेको प्रदर्शनीमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विज्ञान प्रदर्शनी गरिएको थियो । ६० ओटा स्टल राखिएको प्रर्दशनीमा काठमाडौंका ६० भन्दा बढी स्कुलको सहभागिता रहेको थियो ।

footwear zone

कार्यक्रममा रक्तदान, निः शूल्क स्वास्थ्य परीक्षण, आँखा जाँच, दन्त परीक्षण, रोबोटिक कम्पिटिसन, सोलार अब्जर्भेशन, विज्ञान परियोजन प्रस्तुतीकरण, सांगीतिक कार्यक्रम प्रहसन जस्ता कार्यक्रम रहेका थिए ।

You might also like

Comments are closed.