स्पार्क वि एण्ड डि हस्पिटल नयाँ व्यवस्थापनबाट सञ्चालनमा

पोखरा । पोखराको सभागृहचोक पबित्र मार्गमा रहेको स्पार्क वि एण्ड डि हस्पिटल नयाँ व्यवस्थापनबाट सञ्चालनमा आएको छ । नयाँ व्यवस्थापनसहित आधुनिक उपचार  सामग्री सहित हस्पिटल सञ्चालनमा आएको सञ्चालक तथा व्यवस्थापक डा. विष्णु चापागाईले जानकारी दिए ।

बिगत १८ वर्षदेखि सञ्चालनमा रहेको हस्पिटलमा हजारौं प्यारालाइसिसका बिरामीहरुले उपचार पाइसकेको उनलाई जानकारी दिए । ‘प्यारालाइसिसका विरामीहरुको उत्कृष्ट उपचार गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको हस्पिटलमा उपचारका नयाँ–नयाँ विकास भएका प्रविधिहरु मार्फत उपचार भइरहेको छ,’ उनले भने । अब प्यारालाइसिस बाथ तथा ढाडमा नशा च्यापिएका विरामीहरु अन्यत्र जानु नपर्ने गरि हस्पिटलको व्यवस्थापन गरिने चापागाईंले जानकारी दिए ।

प्यारालाइसिसका बिरामीहरुलाई हस्पिटलको गाडीमा घरबाट ल्याउने र घरसम्म पुर्याउने सुविधा  उपलब्ध छ ।

footwear zone

अनुभवि विशेषज्ञ फिजियोथेरापिष्ट, अनुभवि तथा तालिम प्राप्त थेरापि सहायकहरु तथा वरिष्ठ चिकित्सकहरुबाट सेवा उपलब्ध गराइने हस्पिटलले जनाएको छ । बिरामीको उपचार खर्चमा समेत ध्यान दिदै सुलभ तथा सस्तो दरमा हस्पिटलको सेवा उपलब्ध गराइने बताइएको छ । गरिब असहाय बिरामीहरुलाई निःशुल्क उपचार तथा बेडको व्यबस्था गरिएको छ । विभिन्न किसिमका चोटपटक पछि आवश्यक पर्ने  तथा खेलाडीहरुलाई आवश्यक पर्ने फिजियोथेरापीको समेत व्यवस्था गरिएको छ ।

यसैबीच, हस्पिटलले निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । फागुन २०, २१ गते काठमाडौंका विशेषज्ञ डाक्टरहरुबाट  बाथरोग युरिक एसिड हडिड  खिइएका, प्यारालाइसिसका शरिरको एकहर नचल्ने, ढाडमा नशा च्यापिएका, पायल्स रोग भएका बिरामीहरुको निःशुल्क परीक्षण तथा उपचार गरिने भएको छ । विभिन्न परीक्षण निःशुल्क तथा छुटको व्यवस्था मिलाएको छ ।

You might also like

Comments are closed.