४ ल्यावलार्ई सोधियो २४ घण्टे स्पष्टिकरण, पिसिआर परीक्षण गर्दा सरकारी परिचयपत्र अनिवार्य

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न ४ वटा ल्यावलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । स्टार अस्पताल, सेन्ट्रल डाइग्नोष्टिक ल्याब्रोटरी, सुर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टिकरण सोधिएको हो ।

यी अस्पतालमा पिसिआर गरेर नेगेटिभ रिपोर्ट आएपछि जापान, दुवइ, हङकङ गएका व्यक्तीको सम्वन्धित देशमा परीक्षण गर्दा कोरोना पोजेटिभ आएको वारेमा पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो । कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएमा १ महिना र पोजेटिभ आएमा ३ महिना नमुना स्टोर गरेर नराखेकोले स्पष्टिकरण सोधेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको पिसिआर परीक्षण गर्दा सरकराी परिचयपत्र अनिवार्य गर्न पनि निर्देशन दिएको छ । विदेश जानेले लेभल ए प्रयोगशालाबाट मात्र पिसिआर परीक्षण गर्नुपर्ने निर्णय भएको छ ।

footwear zone

विदेशबाट आउनेले अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने र सो अवधिमा कुनै लक्षण वा चिन्ह देखिएमा मात्र पिसिआर परीक्षण गर्न कोरोना संकट व्यवस्थापन केन्द्रलाइ पत्राचार गर्ने निर्णय भएको डा. गौतमले जानकारी दिए ।

You might also like

Comments are closed.