सृजना विकास केन्द्रमा पौडेल, सम्पूर्ण कार्यसमिति सर्वसम्मत

पोखरा । सृजना विकास केन्द्र पोखराको अध्यक्षमा ईन्द्रप्रसाद पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार र मंगलबार भएको निर्वाचन कार्यक्रमबाट पौडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । पौडेल यस अगाडि संस्थाको सदस्य, कोषाध्यक्ष र प्रथम उपाध्यक्ष हुँदै अध्यक्ष बनेका हुन् ।

केन्द्रको प्रथम उपाध्यक्षमा कृष्ण थापा, द्वितीय उपाध्यक्षमा कमलादेवी गिरी, महासचिवमा चन्द्र गिरी, सचिवमा विश्व श्रेष्ठ, कोषाध्यक्षमा कृष्णमान ठुसाजू निर्वाचित भएका छन् ।

सदस्यमा सुशील विजुक्छे, दानबहादुर गुरुङ र अशोक श्रेष्ठ निर्वाचित भएको निर्वाचन कार्यक्रम संयोजक वीरबहादुर अधिकारीले जानकारी दिए । निबर्तमान अध्यक्ष मीनप्रसाद भट्टराईसहित १० सदस्यीय कार्यसमिति चयन भएको हो ।

footwear zone

चार दशक अगाडि स्थापना भएको संस्थाको गरिमालाई अझ उच्च बनाउन आफ्नो कार्यकालका सक्रिय रहने नवनिर्वाचित अध्यक्ष पौडेलले प्रतिबद्धता व्यक्त गरेका छन् । ‘संस्थाको गरिमा अझ उच्च बनाउन नयाँ योजना सम्भाव्यता अध्ययन गरी नयाँ कार्यक्रम ल्याउन पहल गर्नेछु’ उनले भने । अध्यक्ष पौडेल नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव तथा कान्तिपुर टेलिभिजनमा आबद्ध छन् ।

You might also like

Comments are closed.