सृजना विकास केन्द्र ४३ औं वर्षमा, मानव सेवा आश्रममा सहयोग

पोखरा । सामाजिक संस्थाको रुपमा स्थापित सृजना विकास केन्द्रले ४३ औं वार्षिक उत्सव मनाएको छ । संस्थाले वार्षिक उत्सवको अवसरमा मानव सेवा आश्रममा सहयोग वितरण, तथा शुभकामना आदान प्रदान गरिएको छ ।

२०३७ मा यूवा क्लबको रुपमा शुरुवात गरिएको केन्द्र मार्फत सृजना बहिरा विद्यालय, जनप्रिय बहुमुखी क्याम्पस, सृजना लघुवित्तको स्थापना सहित सृजना बाल गृह, सृजना खानेपानी परियोजना सहित शिक्षा, स्वास्थय, केन्द्रीत सामाजिक कार्यहरु गरिदै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।

खुल्ला सडकमा परिवार विहीन भएर बसेका सबै उमेरका महिला पूरुषलाई सम्पूर्ण सेवा सहित पूणर् आवासको लागि ८ करोडको लागतमा भवन निर्माण शुरु गरिएको र हाल पोखरामा मात्र २ सय भन्दा बढी आश्रीत रहेको निर्माण समितिका अध्यक्ष विष्णु प्रसाद बरालले बताए ।

footwear zone

केन्द्रका अध्यक्ष कृष्ण बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा सल्लाहकारहरु हरि प्रसाद बराल, राजकुमार गिरी, विरेन्द्र नारायण विजुक्छे, परर्शुराम बराल निर्वतमान अध्यक्ष इन्द्र पौडेल प्रथम उपाध्यक्ष कृष्ण मान ठुसाजु, आश्रमको उपाध्यक्ष मदन थापा महासचिव विश्व श्रेष्ठ लगायतले आ(आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सुशान्त पौडेलेको जन्मदिनको अवसरमा फलफूल वितरण गरेका थिए ।

 

You might also like

Comments are closed.