प्रभु बैंक र स्टार हस्पिटलबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र स्टार हस्पिटल प्रा.लि.बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ।

मंगलबार बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेषराज धमला र स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोरकुमार महर्जनले छुट सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले स्टार हस्पिटलद्वारा सञ्चालित सेवामध्ये बेडचार्ज तथा अनुसन्धान सेवामा १० प्रतिशत छुट पाउने छन् ।

footwear zone

प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा स्टार हस्पिटलका सेवाहरुमा आकर्षक छुट प्राप्त गर्ने छन् ।

You might also like

Comments are closed.