पोखरा । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान)पोखराले सडक महोत्सवलाई निरन्तरता दिने भएको छ । पोखरामा २२ औं सडक महोत्सवको तयारी शुरु भएको छ । बुधबार पत्रकार सम्मेलन गरि महोत्सवको तयारी वारे जानकारी दिईएको हो ।
स्वास्थ्य सुरक्षा मापदण्डलाई बिशेष ध्यान दिएर ३ दिन महोत्सव संचालन गरिने २२ औं पोखरा महोत्सवमा संयोजक वसन्त गौतमले जानकारी दिए ।
महोत्सव पुषको १५, १६ र १७ गते संचालन हुनेछ । विगत ९ महिनादेखि ठप्प रहेको व्यवसायलाई महोत्सवले चलायमान बनाउने विश्वास गरिएको छ । पोखरा खुला र सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नका लागि महोत्सव गर्न लागिएको बताईएको छ । अङग्रेजी नयाँ बर्षको गन्तव्यस्थलका रुपमा प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए ।
सुस्ताएको पर्यटनलाई केही हद भएसम्म पनि महोत्सवले गतिशील बनाउने पर्यटन व्यवसायीको आशा छ । संस्थाका सचिव भिष्मराज पौडेल र सहकोषध्यक्ष रोशन जंग कार्की सहसंयोजक रहनेगरी विभिन्न उपसमिति पनि गठन भएको छ। विषम परिस्थितिमा स्वास्थ्य मापदण्ड पालना गरी महोत्सवलाई निरन्तरता दिदा राम्रो सन्देश जाने पोखरा पर्यटन परिषदका अध्यक्ष तथा रेवान पोखराका पूर्व अध्यक्ष गोपी भट्टराईले बताए ।



Comments are closed.