पोखरा। युवा व्यवसायी सुदिप ओझा पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा विजयी भएका छन् । लोकप्रिय मतसहित ओझा विजयी भएका हुन् ।
व्यवसायी ओझा लतासा लेडिज कलेक्सन–पोखराको प्रोपाईटर, टेक पार्टनर्स नेपालको निर्देशक, फेवा टेलिभिजन लि. का संचालनक रहेका छन् भने, लायन्स क्लब अफ पोखरा पिस भ्यालिका संस्थापक अध्यक्ष, लायन्स क्लब ईन्टरनेसनल, डिष्ट्रिक्ट ३२५ जे का डिष्ट्रिक्टको चिफ र एसियन प्रोफेशनल सेक्युरिटि एसोसिएसन नेपालका सदस्यसमेत रहेका छन् ।
ओझाले अबको आफ्नो यात्रा स्मार्ट व्यवसायी र स्मार्ट पोखरा उद्योग वाणिज्य संघ बनाउनेतर्फ रहेको बताएका छन्। संघको अध्यक्षमा पवन प्रजापती विजयी भएका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेश बास्तोला, उपमहासचिवमा शोभा गौतम विजयी भएका छन् ।





Comments are closed.