सुदूरपश्चिम विश्वविद्यालयमा गरिएको शुल्क वृद्धिको विरोध

 

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा गरिएको शुल्क वृद्धि फिर्ताको माग गरिएको छ । पाँच विद्यार्थी सङ्गठनले आइतबार छुट्टाछुट्टैरुपमा प्रेस विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले विभिन्न सङ्कायमा वृद्धि गरेको शुल्क फिर्ताको माग गरेका छन् ।

सहजरुपमा गुणस्तरीय शिक्षा पाउनुपर्ने ठाउँमा विभिन्न बहानामा गरिएको चर्को शुल्क वृद्धिले गरीब जनताका छोरोछारीको उच्च शिक्षा हासिल गर्ने सपनामा अवरोध सृजना गर्ने कार्य भएको विद्यार्थी नेता कैलाश चन्दले बताए । “कोरोना महामारीका कारण आर्थिक अवस्था कमजोर भएको बेलामा शुःल्क वृद्धि गर्नु हुँदैनथ्यो”, चन्दले भने, “विद्यार्थीको ढाड सेक्ने कार्य बन्द गरी विश्वविद्यालय प्रशासनले शुल्क वृद्धिको निर्णय फिर्ता लिनुपर्छ ।” वृद्धि गरिएको शुल्क फिर्ता नभए आन्दोलनमा उत्रिनुबाहेक अर्को विकल्प नरहने उहाँको भनाइ रहेको छ ।

footwear zone

सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार गोविन्द विष्टले आङ्गिक क्याम्पसको शुल्क समायोजन गरिएको बताए । “शुल्क वृद्धि गरिएको होइन”, उनले भने, “समायोजनमा आएका क्याम्पसको शुल्क फरकफरक आएकाले समायोजन गरेका हौँ ।” शुल्क वृद्धिको अनेरास्ववियु, नेविसङ्घ, अखिल क्रान्तिकारी, अखिल छैटौँलगायत विद्यार्थी सङ्गठनले विरोध गरेका हुन् ।

You might also like

Comments are closed.