काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी नेपाल उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य पदमा निर्बिरोध चयन भएका छन् ।
महासंघमा आबद्ध द्विराष्ट्रिय उद्योग वाणिज्य संघमध्येबाट महासंघको कार्यसमितिमा १ जना प्रतिनिधिले प्रतिनिधित्व गर्न पाउने व्यवस्था भए बमोजिमको उक्त पदमा केसी निर्बिरोध चयन भएका हुन् ।
उनलाई द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरूको समूह अलायन्स अफ बाइ नेशनल चेम्बर्सको समूहले सर्बसम्मत रुपमा प्रतिनिधि चयन गरेको थियो ।






Comments are closed.