‘सनसिल्क दशैं भाइब्स’ प्रतियोगिता पुनः हुँदै

काठमाडौं । नेपालीका महान चाड दशैं नजिकिंदै गर्दा सनसिल्क स्याम्पू नेपालले आफ्नो अत्यधिक सफल अभियान ‘सनसिल्क दशैं भाइब्स’ दोस्रो वर्षको लागि पनि शुरु गर्ने तयारी गरिरहेको छ ।

जसले लाखौं नेपाली नेपाली युवतीहरुलाई आफ्नो सुन्दर कपाललाई प्याकमा प्रदर्शन गर्न पाउने अवसर फेरी पनि प्रदान गर्नेछ । नेपालीको महान चाडलाई लच्छित गर्दै आफ्ना ग्राहकहरुको जीवनको एक हिस्सा बन्न, गत वर्ष सनसिल्क नेपालले बडा दशैं २०७८ को अवसर पारेर एक डिजिटल प्रतियोगिता सनसिल्क दशैं भाइब्स अभियान शुरु गरेको थियो, जुन अभियान भव्य रुपमा सफल पनि भएको थियो । अभियानले नेपाली युवतीहरुलाई आफ्नो कपालको प्रदर्शन गरी आफ्नो क्षितिजलाई फैलाउने अवसर प्रदान गर्दै सनसिल्क ग्याङ्ग अफ गल्र्सको एक हिस्सा बनेर ब्राण्डसंग आबद्ध हुने मौका दिएको थियो ।

आशिना देउला, प्रतिमा कार्की र लालना चिमरियाले अन्तिम चरणको फिनालेमा जित हासिल पार्दै सनसिल्कका ब्राण्ड एम्बेस्डरद्वय प्रिन्सी र प्रिज्माका साथमा ब्राण्डको प्रतिनिधित्व गर्न जोडिएका थिए । प्रतियोगीताको विजेताहरुको रुपमा उनीहरुले यस वर्षको “सीमित विशेष दशैं प्याक” मा प्रस्तुत हुने अवसर प्राप्त गरेका छन्, जुन प्याक नेपालमा पहिलो पटक प्रस्तुत गरिंदैछ । यो नयाँ प्याकमा ३ भिन्न प्रकार रहेका छन्ः हेयरफल सोलुसन, ब्ल्याक साइन र पर्फेक्ट स्ट्रेट । नेपालको लाखौं घरहरुमा यो नयाँ प्याकले स्थान पाउने अपेक्षा गरिएको छ ।यसरी प्रस्तुत गरिएको ३ नयाँ प्याकहरु मध्ये पर्फेक्ट स्ट्रेट नेपालमा पहिलो पटक पेश गरिएको हो ।

footwear zone

युनिलिभरका प्रबन्ध निर्देशक आमलन मुखर्जीले भने, “लाखौं उपभोक्ताहरुद्वारा रुचाइएको र देशभर बिक्र हुने, सनसिल्क निसन्देह नेपालको सर्वाधिक ठूलो सौन्दर्य ब्राण्ड हो । गत वर्ष दशैंको दौरानमा आयोजित दशैं भाइब्स प्रतियोगीताको विजेताहरु सनसिल्क ग्याङ्ग अफ गल्र्सलाई प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित भएका छौं, र प्रतियोगीता आफैमा एक अभूतपूर्व सफल अभियान थियो । सनसिल्क विश्वास गर्दछ कि जब युवतीहरुले सम्भावनाहरुलाई व्यापक बनाउन पाउँछन् तब उनीहरु उत्साहित हुने गर्दछन् र हामीले उनीहरुलाई उनीहरुको सुन्दर कपालको प्रदर्शन गर्ने अवसर प्रदान गरेर सनसिल्क ब्राण्डको प्याकमा आफूलाई प्रस्तुत गर्ने सुनौलो मौका प्रदान गरेका छौं ।हामी विश्वास गर्दछौं, सौन्दर्य सरल छ र धेरै तरिकाहरुबाट यसलाई कैद गर्न सकिन्छ । हामी हाम्रा उपभोक्ताहरुले मनाउने स्थानीय चाडपर्वहरु र संस्कृतिहरुसंगै हाम्रा ब्राण्डहरुलाई आबद्ध गराउन चाहन्छौं । सनसिल्क ग्याङ्ग अफ गल्र्सको सक्रियता र सनसिल्क दशैं भाइब्स त्यस्तै प्रयासहको अँग हुन् । ”

सनसिल्क दशैं भाइब्सले आफ्नो अनगिन्ती कोसेढुङ्गाहरु मध्ये फेसबुक, इन्स्टाग्राम र टिकटक भरमा ६ करोडभन्दा बढी भ्यूज प्राप्त गरेको थियो भनें २८५४ जनाले सहभागीता जनाएका थिए र यस वर्ष सनसिल्क दशैं भाइब्स २ ले त्यो संख्यालाई उछिन्दै एक नयाँ रेकर्ड कायम गर्ने अपेक्षा गरिएको छ ।

 

You might also like

Comments are closed.