सुर्खेत उद्योग वाणिज्य सङ्घमा अध्यक्षमा कँडेल  र महासचिवमा खड्का विजय

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य सङ्घको अध्यक्षमा लक्ष्मण कँडेल निर्वाचित भएका छन् । सोमबार राति सम्पन्न मतगणनामा अध्यक्ष पदमा प्रतिद्वन्द्वी हर्षविक्रम खड्कालाई ४८ मतान्तरले पराजित गर्दै कँडेल निर्वाचित भएका हुन्।

कूल खसेको एक हजार ८२४ मतमध्ये कँडेलले ९११ र खड्काले ८६३ मत प्राप्त गरेका थिए । सङ्घमा कँडेल निवर्तमान महासचिव र खड्का वरिष्ठ उपाध्यक्ष भएका थिए । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेत, वाणिज्य उपाध्यक्षमा पे्रमबहादुर रावत, उद्योग उपाध्यक्षमा सिंहराज बम, महिला उपाध्यक्षमा तारा रावत विजयी भएका छन् । त्यस्तै महासचिवमा भद्र भण्डारी, उपमहासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे र सहकोषाध्यक्षमा सूर्यबहादुर खत्री विजयी भए ।

footwear zone

सदस्यमा कृति शाक्य, लक्ष्मीकुमारी शर्मा, अजय गुरुङ, अर्जुनजङ्ग शाही, गणेश खड्का, दीपक खड्का, पहलसिंह बस्याल, बिन्द्रप्रसाद जैसी, बुद्ध तामाङ, भुवन ज्ञवाली, रमेश बराल, लक्ष्मण खत्री, सागर भुसाल, जनक थापा र सन्तोषकुमार बराइली निर्वाचित भएका छन् । सङ्घमा नयाँ नेतृत्वका लागि आइतबार मतदान भएको थियो ।

You might also like

Comments are closed.