काठमाडौं । महिला उद्यमी सुरुची खड्कालाई ‘युवा उद्यमी अवार्ड’ प्रदान गरिएको छ । क्याप्टिभेटिङ क्रियसन अवार्ड अन्तर्गत फर्न इभेन्टले खड्कालाई उक्त अवार्ड प्रदान गरेको हो ।
होटल र्याडिसनमा आयोजित विशेष कार्यक्रमबीच खड्का सम्मानित भएकी छन् ।
महिला उद्यमशीलताका क्षेत्रमा काम गरेर सामाजिक, आर्थिक तथा महिला सशक्तीकरणका क्षेत्रमा काम गरेकाले खड्कालाई सम्मान गरिएको हो ।

सम्मानले थप उत्साह प्रदान भएको र आफ्नो क्षेत्रमा थप सक्रियता देखाउन प्रोत्साहन मिलेको खड्काले बताइन् ।
आमाज क्रियसनका सञ्चालक खड्का केयर एण्ड क्युअर (सि एण्ड सी) मल्टिस्पेसियालिटी हस्पिटलको प्रशासन प्रमुख हुन् ।




Comments are closed.