निर्माण व्यवसायी सूर्यमान श्रेष्ठलाई ‘सफल युवा व्यक्तित्व’ सम्मान

काठमाडौं । सूर्य कान्तिपुर कन्स्ट्रक्सन प्रा.लि.का प्रोपइटर सूर्यमान श्रेष्ठ सम्मानित भएका छन् । ‘सफल युवा व्यक्तित्व’ सम्मानबाट श्रेष्ठ सम्मानित भएका हुन् ।

चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमबीच उनी सम्मानित भएका हुन् ।

बिगत लामो समयदेखि निर्माण, व्यावसायिक तथा सामाजिक क्षेत्रमार्फत सामाजिक विकास र राष्ट्र निर्माणका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप सम्मान प्रदान गरिएको चन्द्रलोक प्रतिष्ठाका अध्यक्ष सीताराम कार्कीले जानकारी दिए ।

footwear zone

सम्मानित श्रेष्ठ बिगत लामो समयदेखि निर्माण क्षेत्रमा आवद्ध छन् । सम्मानले आफूलाई व्यावसायिक तथा सामाजिक क्षेत्रमा काम गर्न थप हौसला मिलकोे श्रेष्ठले बताए ।

यस अगाडि पनि श्रेष्ठले विभिन्न सम्मानहरु प्राप्त गरिसकेका छन् ।

You might also like

Comments are closed.