सूर्योदय वोमी लघुवित्तले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

लघुवित्तको फागुन १६ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफबाट सेयरधनीलाई १५ प्रतिशत  लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो

कम्पनीका हाल कायम चुक्तापुँजी ७९ करोड १९ लाख ८४ हजार ७९० रुपैयाँको १५ प्रतिशतले हुन आउने ११ करोड ८७ लाख ९७ हजार ७१८.५ रुपैयाँ बराबरको बोनस सेयर लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो।

footwear zone

मर्जर भई एकिकृत कारोबार सुरु गरेको मितिले दुई वर्षसम्म मर्जर हुँदा कायम सेयरधनीलाई लाभांशमा लाग्ने कर छुट हुने व्यवस्था रहेकोले कर प्रयोजनका लागि लाभांश प्रस्ताव नभएको लघुवित्तले जनाएको छ ।

साबिक वोमी लघुवित्त र सूर्योदय लघुवित्त आपसमा मर्ज भई २०७८ चैत १९ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो।  प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने छ ।

 

You might also like

Comments are closed.