सुजुकी जिम्नी र फ्रोन्क्स पोखरा बजारमा सार्वजनिक

पोखरा । नेपालमा लामो समयदेखि प्रतिक्षारत सुजुकीका दुई नयाँ एसयूभीहरु सुजुकी जिम्नी र फ्रोन्क्स एक समारोहका बिच सुजुकी ब्राण्डको चार पाँग्रे सवारी साधनको गण्डकी धौलागिरीको आधिकारिक वितरक बतास ब्रदर्श प्रालिमा सार्वजनिक भएको छ । उक्त दुई सवारीहरु बतास ब्रदर्श प्रा.लि.का प्रमुख सञ्चालन अधिकृत (सिओओ) राजेश रानाभाटले अनावरण गरेका हुन् ।

यो गाडी सुजुकी शोरुम पोखरामा हेर्न र टेस्ट ड्राइभका लागि उपलब्ध भएको छ । नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङस अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्टजेन हो । उक्त दुर्य एसयूभीहरुको बुकिङ असार २९ देखि नै खुल्ला गरिएको थियो । कम्पनीले आक्रमक मूल्य रणनीति अपनाई मूल्य निर्धारण गरेको जनाइएको छ । जिम्नीको सुरुवाती ५९ लाख ९९ हजार रुपैयाँबाट र फ्रोन्क्सको ३९ लाख ९९ हजार रुपैयाँबाट कायम गरिएको छ । पोखरा क्षेत्रमा यी गाडीहरु लोकप्रिय हुने कम्पनीले विश्वास लिएको सिओओ रानाभाटले बताए ।

५-ढोके सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित कारमध्ये एक हो । यो मोडेलको माग विश्वभर नै निकै रुचाइएको छ । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जो हेभी-ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ । यो एसयूभी एक समर्पित उन्नत 4WD प्रणाली, ALL GRIP PRO संग आउँदछ भने ब्रेक लिमिटेड स्लिप डिफरेंशियल र 3 Link Rigid Axle Suspension जस्ता अफ–रोड सुविधाहरू समावेश गर्दछ । अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीले २२।६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गर्दछ । नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रीत एसयूभी हो ।

footwear zone

‘द फेस अफ न्यु एसयूभी’ भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ भने यसमा रहेको अत्याधुनिक प्रविधिहरुले आरामदाई र सुरक्षित अनुभूति प्रधान गर्दछ । प्रिमियम डिजाइन, नया युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुबिधाहरुले सुसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकहरुको लागी सम्पूर्ण माग आपूर्ति गर्ने बिश्वास कम्पनीले लिएको जनाएको छ ।

You might also like

Comments are closed.