पोखरा । सुजुकी मोटर्सले ल्याएको सुजुकी एभिनिस पोखरामा लन्च गरेको छ । भिजी अटोमोवाईल नेपालको आधिकारीक डिलर रहेको सुजुकीको पोखरामा चालिसे मोटर्सले विक्री गर्दै आएको छ ।
स्कुटरको क्षेत्रमा नयाँ आयाम दिने उद्धेश्यले पहिलो पटक उत्कृष्ट सुविधाका साथ एभिनिस रहेको चालिसे मोटर्स पोखराका प्रमुख दिपेन्द्र चालिसेले जानकारी दिए । दशै तिहार जस्ता चाडवाडलाई मध्यनजर गरेर वजारमा ल्याईएको एभिनिस नेपालको वजारमा ग्राहकले लामो समय पर्खनु परेको थियो ।
पोखरामा मात्र ५० भन्दा वढी ग्राहकले अग्रिम वुकिङ गरेको चालिसे वताउँछन् । अटोमोवाईल क्षेत्रमा नेपालमा सुजुकी वाईक तथा स्कुटर दोस्रो धेरै विक्री हुनेमा पर्छ ।






Comments are closed.