‘पदयात्रा पर्यटन प्रवद्र्धनमा काम गर्छौँ’

 

पोखरा । ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलको १६ औं अधिवेशन तथा २७ औ साधारण सभाबाट निर्वाचित अध्यक्ष सुशीलराज पौडेलले पदयात्रा पर्यटनको विकास र प्रवद्र्धनमा लागि पर्ने बताए ।

रासससँग कुराकानी दिदै उनले कोरोनाको विषम परिस्थितिले पर्यटन क्षेत्र धरासयी भएको उल्लेख गर्दै कोरोना कहरका बीच सुरक्षा रणनीति अबलम्बन गरेर पर्यटनमा नयाँ सोच खोजको विकास जरुरी रहेको धारणा राखे। उनले अर्बौको लगानी रहेको पर्यटन क्षेत्रबाट व्यवसायीलाई पलायन हुन नदिन र पर्यटनमा आश्रित मजदुरहरुको जीविकोपार्जननै अहिलेको मुख्य चुनौती रहेको उल्लेख उल्लेख गरे ।

footwear zone

नवनिर्वाचित पौडेलले अदुरदर्शी, अवैज्ञानिक विकासले नेपालमा प्रसिद्ध पदमार्ग विस्थापित हुँदै गएकाले पदमार्गको संरक्षण र नयाँ पदमार्गको खोजीका लागि नयाँ नेतृत्व सक्रिय रहने भनाइ थियो ।

You might also like

Comments are closed.