पोखरा । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको निर्वाचन कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार सम्पन्न मतदानबाट प्रथम उपाध्यक्षमा धर्मराज पन्थी निर्वाचित भएका छन् । अर्का उम्मेदवार जीवनराज सापकोटालाई उनले पराजित गरेका हुन् । त्यसैगरी द्वितीय उपाध्यक्षमा कृष्ण आचार्य विजयी भए । उनले उदय सुवेदी र दीवस लामिछानेलाई पराजित गरेका हुन् ।
अध्यक्षमा सुशील पौडेल र सचिवमा मीलन तिवारी यस अगाडि नै निर्विरोध निर्वाचित भएका थिए । कोषाध्यक्षमा किसम कुमारी गुरूङ, सहसचिवमा रेश्म अधिकारी निर्वाचित भएका छन् ।

सदस्यमा दीपक सापकोटा, अनिल थापा, महोन सुवेदी, गोपाल संगौला, लक्ष्मी कोइराला विकास गुरुङ निर्वाचित भएका छन् । निवर्तमान अध्यक्षमा हरि भुजेल रहनेछन् ।




Comments are closed.