टान निर्वाचन, अध्यक्ष र सचिव बाहेकका पदमा कडा प्रतिस्पर्धा

 

पोखरा । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको मतदान कार्यक्रम बुधबार हुने भएको छ । अध्यक्षमा सुशील पौडेल र सचिवमा मीलन तिवारी सर्वसम्मत भएपनि अन्य पदमा २ वा २ भन्दा बढिको उम्मेदवारी परेपछि मतदान हुने भएको छ ।

प्रथम उपाध्यक्षमा धर्मराज पन्थी र जीवनराज सापकोटाबीच कडा प्रतिस्पर्धा हुने भएको छ । द्वितीय उपाध्यक्षमा उदय सुवेदी, कृष्ण आचार्य र दीवस लामिछानेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ । सहसचिवमा रेशम अधिकारी र विश्वहाङ राई र कोषाध्यक्षमा किसम कुमारी गुरुङ र ढाकाराम अधिकारीबीच प्रतिस्पर्धा हुनेछ ।

footwear zone

६ जना सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको छ । सदस्यमा अमृत प्रसाद तिवारी, लक्ष्मी कोइराला, गोपाल सङग्रौला, विकास गुरुङ, मोहन सुवेदी, कालिबहादुर नेम्माङ, जुना अधिकारी, नवराज श्रेष्ठ, अनिल थापा, चन्द्रबहादुर भुजेल, दीपक सापकोटाबीच प्रतिस्पर्धा हुनेछ ।

You might also like

Comments are closed.