महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम

नवलपुर । महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको देवचुली नगरपालिकामा सिलाइकटाइ तालिम प्रदान गरिएको छ । देवचुली–५ को आयोजना तथा भूमिका टेक्निकल सर्भिस प्रालिको प्राविधिक सहयोगमा सो तालिम आयोजना गरिएको हो ।

महिलाको आयआर्जन वृद्धि गर्दै उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको देवचुली–५ का वडाध्यक्ष शिवलाल सापकोटाले जानकारी दिए ।पैंतालीस दिन सञ्चालन गरिएको तालिमका सहभागी महिलालाई विभिन्न १६ प्रकारका सिलाइकटाइका सीप सिकाइएको छ ।

वडाध्यक्ष सापकोटाले तालिममा सहभागी महिलालाई आफूले सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार हुन आग्रह गरे । तालिम समापनका अवसरमा प्रबन्धक विवेक अधिकारीले तालिममा सहभागी महिलाले अनुशासित हुँदै ज्ञान आर्जनका लागि मेहनत गरेको बताए ।

You might also like

Comments are closed.