भक्तपुर बहुमुखी क्याम्पसमा तालाबन्दी

काठमाडौं । तोकिएको शुल्कभन्दा बढी रकम लिएको भन्दै भक्तपुर बहुमुखी क्याम्पसमा नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुर बहुमुखी क्याम्पस इकाइ समितिले क्याम्पसमा तालाबन्दी गरेको छ ।

बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने, शुल्क घटाउनुपर्ने लगायतको १२ बुँदे माग राख्दै नेपाल मजदुर किसान पार्टी निकट उक्त विद्यार्थी संघले क्याम्पस प्रमुख र लेखा शाखाको कोठामा तालाबन्दी गरेका हुन् ।

विसं २०७५ फागुन १९ गते क्याम्पस व्यवस्थापन समितिको बैठकले बिएससी सिएसआइटीको शुल्क रु तीन लाख १५ हजार ९०० निर्धारण गरेकामा क्याम्पसले अहिले प्रति विद्यार्थी रु नौ हजार १०० बढी रकम लिएपछि तालाबन्दी गरेको संघका सहसंयोजक उमेश शाहीले जानकारी दिए ।

footwear zone

क्याम्पसमा प्रेस विज्ञप्ति जारी गर्दै उक्त विद्यार्थी संघले क्याम्पसले विद्यार्थीसंग मनोमानी शुल्क उठाएको, क्याम्पस प्रमुखले आफूखुसी कर्मचारी नियुक्ति गरेको भन्दै त्यसको विरोध गरेका छन् ।

You might also like

Comments are closed.